बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना, १६जना घाइते

पाेखरा | बैशाख १५, २०८१

बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना, १६जना घाइते

पोखरा:   बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । बागलुङबाट तनहुँ जाँदै गरेको गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७ः३० बजे अनियन्त्रित भई पोखरा महानगर–२५ हेमजामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


बस दुर्घटना हुँदा बसमा सवार ३६ जना यात्रु मध्य १६जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले जानकारी दिए । 


घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको  जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

 

सच्चाइएको: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्